भोलिदेखि आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

भोलिदेखि आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी



काठमाडौं । निजी हवाई सेवा प्रदायक कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ गते गरेको निर्णय नसच्चाएको अवस्थामा भोलि बुधबारबाट सबै उडान बन्द गर्ने चेतावनी दिएका छन्। संघले ५ बुँदै माग अगाडि बढाउँदै यस्तो चेतावनी दिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते हवाई सेवा प्रदायक कम्पनी जहाज विसानका लागि लिएको अनुमति अनुसार नै जहाज पार्किङ गर्नु पर्ने र पहिले उडान त्यही बाट गर्नु पर्ने निर्णय गरेको थियो। यसैगरी प्राधिरकणले हेलिकोप्टरमा २ जना पाइलट राख्नु पर्ने निर्णय समेत गरेको थियो।

प्राधिकरणले हवाई जहाजको हकमा १३ गते र हेलिकोप्टर हकमा ७ गते बाट नै विसान लागु हुने पर्ने निर्णय गरेको थियो।

प्रकाशित : ७ असार २०७९, मंगलवार १४:१४