११ महिनाको अबधिमा १५ खर्ब ७७ अर्ब नाघ्याे व्यापार घाटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

११ महिनाको अबधिमा १५ खर्ब ७७ अर्ब नाघ्याे व्यापार घाटा



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख रुपैंया नाघेको छ । भन्सार विभागको तथ्याँक अनुसार नेपालले गत वर्षको सोही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।

११ महिनामा नेपालले १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

त्यस्तै, यस अवधिमा १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

प्रकाशित : ७ असार २०७९, मंगलवार १६:१८