सुनको मुल्य तोलामा चार सय रुपैयाले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा चार सय रुपैयाले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२६५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार ११:५२