प्रदेश १ मा बैंक तथा वित्तिय संस्थाको निक्षेप ३ खर्ब ५१ अर्ब, कर्जा ५ खर्ब ४२ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

प्रदेश १ मा बैंक तथा वित्तिय संस्थाको निक्षेप ३ खर्ब ५१ अर्ब, कर्जा ५ खर्ब ४२ अर्ब



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रदेश १ को आर्थिक गतितिधि सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बुधबार प्रदेश १ को आर्थिक वर्ष २०७८/७९ को प्रथम अर्ध वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार प्रदेश १ मा निक्षेप एवम् कर्जाको स्थितीमा बृद्धि भएको देखिएको हाे ।

जसमा गत बर्षको असार मसान्तको तुलनामा गत पुस मसान्तमा उक्त प्रदेशको बैक तथा वित्तिय संस्थाको कुल निक्षेप परिचालन १.४ प्रतिशतले बृद्धि भएर ३ खर्ब ५१ अर्ब रुपैया पुगेको छ । गत पुस मसान्तमा बार्षिक विन्दुगत आधारमा कुल निक्षेपको वुद्धिदर १२.३ प्रतिशत रहेको थियो ।

सर्बसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतिय कारोबारमा भएको बृद्धि तथा बैकिङ्ग सेवा विस्तार भएकोले निक्षेप पहिचालन भएको देखिएको छ ।

२०७७ पुस मसान्तको तुलनामा २०७८ पुस मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ३०.१ प्रतिशतले वृद्धि भई ५ खर्ब ४२ अर्ब पुगेको छ । गत पुस मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा ९.६ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २६.५ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६४.० प्रतिशत रहेको छ ।

गत असार मसान्तमा कृषि कर्जाको हिस्सा ९.८ प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा ३०.६ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ५९.७ प्रतिशत रहेको थियो ।

गत पुस मसान्तमा प्रदेश १ मा कर्जा निक्षेप अनुपात (सिडि रेसियो) १५५.२ प्रतिशत रहेको छ । कोभिड १९ का कारण प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारले घोषणा गरेको विभिन्न छुट तथा सुविधा, मौद्रिक नीतिले प्रदान गरेकोसुविधा, सहुलियतपूर्ण कर्जा, पुनरकर्जा सुविधा, सर्वसाधारणको वित्तीय पहुँचमा भएको वृद्धि, पूर्वाधारको विकास तथा विस्तार आदि कारणले लगानीका लागि वातावरण अनुकूल बन्दै गएकोले कर्जाको माग तथा प्रवाह बढेको देखिन्छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार १३:५२