चार कम्पनीको बोनस शेयर नेप्सेमा सुचिकृत, कुन कम्पनीको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

चार कम्पनीको बोनस शेयर नेप्सेमा सुचिकृत, कुन कम्पनीको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा जानकी फाइनान्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

बुधबार जानकी फाइनान्सको ९ लाख ६१७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै एनएलजी इन्स्योरेन्सको पनि १० प्रतिशत बोनस शेयर बापतको १२ लाख ६ हजार शेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रभु इन्स्योरेन्सको पनि १२ लाख ७८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस्तै नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको १८.५२५ प्रतिशत बोनस शेयर बापतको २५ लाख ६६ हजार कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ ।

चार वटै कम्पनीको बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : ८ असार २०७९, बुधबार १७:११