आइएमई पेको नयाँ अफर: हवाई टिकट काट्दा क्यासब्याक र अतिरिक्त ३०० छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

आइएमई पेको नयाँ अफर: हवाई टिकट काट्दा क्यासब्याक र अतिरिक्त ३०० छुट



काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित “आइएमई पे”ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ ।

“उच्च तापक्रममा उच्चत्तम छुट” नामक “फ्ल्यास सेल” किसिमको अफर मार्फत यात्रुहरुले मंगलवार र शनिवारको दिन दिउँसोको ३ बजे देखि ४ बजे सम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप रु. ३०० बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाएको छ ।

साधारणतया अरु वालेट एपहरु भन्दा बढि क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधि भरि हप्ताको २ दिन ( मंगलवार र शनिवार ) केवल १ घण्टाको लागि सो अफर मार्फत थप रु. ३०० बोनस यात्रुहरुलाई प्रदान गर्ने यस कम्पनीले प्रष्टाएको छ । असार ७ गते देखि शुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार १७:४६