गठित समितिको चित्तबुझदो निर्णय पछिमात्र कोईरालाले अनसन तोड्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गठित समितिको चित्तबुझदो निर्णय पछिमात्र कोईरालाले अनसन तोड्ने



काठमाडौं । बुधबार आन्दोलनरत लगानीकर्ताका माग सम्बोधन गर्नका लागि समस्या समाधान समिति गठन गर्ने तयारी भएको छ । नेपाल धितोपत्र बोर्डका दुई जना प्रतिनिधि र लगानीकर्ताको तर्फबाट पाँच जना प्रतिनिधी समावेश हुने गरी समिति गठन गर्ने सहमति भएको हो ।

उक्त समितिले लगानीकर्ताहरूको १९ बुँदे माग पुरा हुने चित्तबुझदो निर्णय आएपछि मात्र पुँजी बजार सुधार समितिका संयोजक तिलक कोइरालाको एकल निर्णयमा अनसन तोडिने र सम्भवत सबै काम बिहिबार हुने लगानीकर्ता एसपि चौलागाईले बताए ।

पुँजी बजार संघर्ष समितिले पुँजी बजार सुधारको लागि भन्दै १९ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् । समितिले गत जेठ २३ गतेमात्रै धितोपत्र बोर्डका अध्यक्ष हमाललाई माग पत्र बुझाएका थिए । बोर्डले माग पुरा नगरेको भन्दै पुँजी बजार सुधार समितिका संयोजक तिलक कोइराला आठ दिन देखि अनसनमा छन् ।

प्रकाशित : ८ असार २०७९, बुधबार १९:२१