लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा आह्वान, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले बार्षिक साधारणसभा डाकेको छ । कम्पनीले असार २९ गते बुधबार, अमृतभोग क्याटरिङ्ग, कालिकास्थानमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

त्यसैगरी सभाले स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धरलाई गरिएको नियुक्ति अनुमोदन गर्ने, ४० प्रबन्धपत्रको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगाएतका विषयलाई अनुमोदन गर्ने रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रकाशित : ९ असार २०७९, बिहीबार १२:२८