माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार संस्थापक सेयर बिक्रिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार संस्थापक सेयर बिक्रिमा



काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनी भरत कुमार नेपालले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापकले आफ्नो नाममा रहेको १ लाख ६४ हजार १३१ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : ९ असार २०७९, बिहीबार १३:४३