नेप्सेमा ४५.२५ अंकको गिरावट, डेढ अर्बको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा ४५.२५ अंकको गिरावट, डेढ अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पाचौँ दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से ४५.२५ अंकले घटेर एक हजार ८ सय ४८ दशमलब २८ विन्दुमा रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अंक घटेको छ।

त्यस्तै, आज नेप्सेमा कारोबार रकम भने बढेको छ । बिहिबार एक अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीहरु मध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने १७८ कम्पनीको शेयरमूल्य घटेको छ ।

बिहिबार दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९६०.७० रुपैयाँ पुगेको छ भने सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६०५.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार शिवश्री हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ९ करोड ५३ लाख १२ हजारभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ९ असार २०७९, बिहीबार १५:३३