आइएमई जनरल इन्स्योरेन्स र चिरायु हस्पिटल बिच नगद रहितसेवा संञ्चालन गर्ने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

आइएमई जनरल इन्स्योरेन्स र चिरायु हस्पिटल बिच नगद रहितसेवा संञ्चालन गर्ने सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल प्रा.लि. बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनल हस्पिटलका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमा सम्म उक्त हस्पिटलबाट नगद रहित हस्पिटलाईजेश सुविधा प्राप्त गर्न सकिने जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले हस्पिटलले आफना ग्राहक महानुभावहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरेका छन् ।

प्रकाशित : ९ असार २०७९, बिहीबार १६:३३