गरगहनामा लाग्दै आएको जर्तीको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

गरगहनामा लाग्दै आएको जर्तीको मूल्य बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले गर गहनामा लाग्दै आएको जर्तीको मूल्य बढाएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सुनचाँदी तथा अन्य धातु खरिद, कटमरी र बिक्री सम्बन्धी कार्यविधि–२०७५ मा संशोधन गदै जर्तीको मूल्य बढेको जनाएको हो ।

राष्ट्र बैंकले सुचना जारी गर्दै यस अघि टकमरी गर्दाको जर्ती लगायतको लागत वापत प्रति ग्राम २ सय रुपैयाँका दरले रकम थप गरी असर्फीको दैनिक बिक्री मूल्य निर्धारण गरिएकोमा अब यसको मूल्य बढेर प्रति ग्राम ३ सय रुपैयाँका दरले रकम थप गरी असर्फीको दैनिक बिक्री मूल्य निर्धारण गरिने जनाएको छ ।

यस्तै संशोधीत व्यवस्थाले सर्वसाधारण बाहेक संगठित तथा निजी क्षेका संस्थागत खरिदकर्ताबाट प्रयोजन खुलाई न्यूनतम २० थान असर्फी माग भइ आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा विभागीय निर्णयबाट बिक्री गरिने छ ।

यसरी बिक्री गर्दा जर्ती लगायतको लागत बापत प्रति ग्राम ५ सय रुपैयाँ थप गरी बिक्री मूल्य निर्धारण गरिने भएको छ ।

प्रकाशित : ९ असार २०७९, बिहीबार १६:५१