नेष्डो समृद्ध लघुवित्तको साधारण सभा असार ३१ गते, बुक क्लाेज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेष्डो समृद्ध लघुवित्तको साधारण सभा असार ३१ गते, बुक क्लाेज कहिले ?



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३१ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय कुश्मा, पर्वतमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । साथै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन र दुई सञ्चालकहरूको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

नेपाल राष्टङ बैंकको स्वीकृति लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्य गर्ने तयारी गरेको कम्पनीले अध्यक्ष तथा सञ्चालकको बैठक भक्ता तथा अन्य सुविधाहरू एवम् दैनिक कार्य सञ्चालनमा कार्यकारी प्रमुखको पारिश्रमिक तथा अन्य सुविध बृद्धि गर्ने विषय पनि सभामा छलफल हुनेछ ।

अन्य कुनै लघुवित्तसँग मर्जर तथा प्राप्तीमा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रकाशित : १० असार २०७९, शुक्रबार १०:४९