माग कार्यान्वयन हुने भएपछि कोईरालाले तोडे अनशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

माग कार्यान्वयन हुने भएपछि कोईरालाले तोडे अनशन



काठमाण्डौ । तिलक कोइरालाले आमरण अनशन तोडेका छन्। पुँजी बजार सुधार र विकारका लागि असार १ गतेदेखि सेबोन कार्यालयबाहिर अनशनमा बसेका कोइरालाले शुक्रबार नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर दसौँ दिन अनशन तोडेका हुन्।

पूँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिको माग कार्यान्वयन गर्ने सम्झैता भएपछि अनसनरत कोइरालाले अनसन तोडेका छन् । कोइरालाले यो आन्दोलन र अनशन अन्तिम, निर्णायक र ऐतिहासिक भएको बताए। उनले माग कार्यान्वय हुने प्रतिबद्धताले पुँजीबजार, लगानीकर्ता, सेबोन र सरकारको जित भएको बताएका छन्।

बोर्ड अध्यक्ष हमालले कार्यन्वयन समितिले आइतबार बाट नै काम थाल्ने र पुँजीबजारलाई स्वच्छ , सफा र उत्साहपूर्ण बनाउने प्रतिवद्दता जनाएका छन् । अहिले कोइरालालाई अस्पताल लैजाने तयारी भइरहेको छ।

प्रकाशित : १० असार २०७९, शुक्रबार १३:१०