नेप्से १३.७८ अंकले बृद्धि, एक कम्पनीको शेयरमुल्यमा सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेप्से १३.७८ अंकले बृद्धि, एक कम्पनीको शेयरमुल्यमा सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको अन्तिम दिन आज शुक्रबार दोहोरो अंकले बढेको छ । आज दुई घण्टा कारोबार भएको नेप्से १३.७८ अंकले बढेर एक हजार ८ सय ६२ दशमलब ०६ विन्दुमा रोकिएको हो ।

त्यस्तै, नेप्सेमा आज एक अर्ब १५ करोड १२ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १५० कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७२.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य घटेको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ६३ लाख १२ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १० असार २०७९, शुक्रबार १३:४५