एक अर्ब २० करोडको म्युचुअल फन्ड जारी गर्दै ग्लोबल आइएमई क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एक अर्ब २० करोडको म्युचुअल फन्ड जारी गर्दै ग्लोबल आइएमई क्यापिटल



काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले असार २२ गतेदेखि नयाँ म्युचुअल फन्ड बिक्री गर्ने भएको छ । क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ (म्युचुअल फन्ड युनिट) बिक्री गर्न लागेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई जारी गर्न लागेको हो । दश वर्ष अवधिको उक्त फन्डमा छिटोमा असार २६ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा साउन ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।

कुल बिक्री भएको इकाईसंख्यामध्ये १५ प्रतिशत मध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई छुट्याइएको छ । बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले फन्डको इकाईमा मेरो सेयरको मोबाइल एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइमएमई क्यापिटलले गरेको छ ।

प्रकाशित : १० असार २०७९, शुक्रबार १४:१२