नेपाल पूर्वाधार विकास कम्पनीबाट भवन भट्टले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल पूर्वाधार विकास कम्पनीबाट भवन भट्टले दिए राजीनामा



bhawan-jiकाठमाडौं २४ मंसिर। काठमाडौं-हेटौंडा सुरुङमार्ग निर्माण गर्ने जिम्मा पाएका नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष भवन भट्टले राजीनामा दिएका छन् । बोर्ड बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।

नयाँ अध्यक्षमा लालकृष्ण केसीलाई नियुक्त गरेको छ । गत माघ २८ मा भट्ट अध्यक्ष भएका थिए । उनी अध्यक्ष बनेपनि सुरुङ मार्ग निर्माणमा कुनै प्रगति भएन । सुरुङमार्ग निर्माणमा समय दिन नसकेकाे र विदेशमा रहेको व्यवसायमा व्यस्त रहेको भन्दै राजीनामा दिएका छन् ।

माघ २९ गते बसेको बोर्ड बैठकले केसीलाई सहअध्यक्ष नियुक्त गरेको थियो । अडिट रिपोर्टको छलफलको बिषयमा विवाद उत्पन्न भएपछि कम्पनीले गत चैतमा सहअध्यक्षबाट केसीलाई हटाएको  थियो भने तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई पुनर्बहाली गरेको थियो ।

प्रकाशित : २४ मंसिर २०७३, शुक्रबार ११:४४