याे साता ५.५७ प्रतिशत घट्यो नेप्से, ६ कम्पनीको बोनस शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

याे साता ५.५७ प्रतिशत घट्यो नेप्से, ६ कम्पनीको बोनस शेयर सुचिकृत



काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५७ प्रतिशत घटेको छ । गत साता १९७१.३८ विन्दुमा बन्द भएको नेप्से, यस साता १०९.७८ अंक घटेर १८६२.०६ विन्दुमा झरेको हो।

यो साता २२३ वटा कम्पनीको एक लाख ६३ हजार पाँच सय २४ वटा कारोबार भएको छ । जसअनुसार दुई करोड २ लाख ६२ हजार एक सय ६७  कित्ता श]यर खरीद बिक्री हुँदा ७ करोड ३३ लाख ४० हजार रुपैंया बराबरको कारोबार भएको हाे । यो साता नेप्से बढेर उच्च  बिन्दु १९७४.२२ पुगेकोमा सबैभन्दा कम १८०६.९५ बिन्दुसम्म झरेको थियो ।

यो साता नेप्सेमा ६ कम्पनीको २ अर्ब २९ करोड ३० लाख ८४ हजार रुपैंया बराबरको बोनस शेयर सुचिकृत भएको छ । जसमा  जानकी फाईनान्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स लिमिटेड, प्रभु इन्स्योरेन्स, नेशनल हाईड्रोपावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र प्रोगेसिभ फाइनान्सको कुल २ करोड २९ लाख ३० हजार ८ सय ४० कित्ता सेयर सूचीकृत भएको छ ।

प्रकाशित : ११ असार २०७९, शनिबार १९:०५