सुनचाँदीको मुल्यमा सामान्य बृद्धि, कति पुग्यो तोलामा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा सामान्य बृद्धि, कति पुग्यो तोलामा ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । गतसाता सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज (आईतबार) सुनको मुल्य तोलामा १०० सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ रहेको छ ।

साथै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । गतसाता १२४० रुपैयाँ कायम भएको चाँदीको मुल्य आईतबार ५ रुपैयाँले बढेर १२४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १२ असार २०७९, आईतवार ११:३४