मन्त्री आलेद्धारा विभिन्न पूर्वाधार निर्माण आयोजनाको शिलान्यास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

मन्त्री आलेद्धारा विभिन्न पूर्वाधार निर्माण आयोजनाको शिलान्यास



काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले डोटीको जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा, छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन् । उक्त आयोजनाको एक कार्यक्रमकाबीच उनले शिलान्यास गरेका हुन् ।

क्रमागत योजनाका रुपमा कार्यान्वयन हुने उक्त आयोजना अन्तरगत रु नौँ करोडको लागतमा रुपसकाँडा र बाँझिलेकमा होमस्टे, छहरा झरना स्थलमा शिव जीको मुर्ति, रुपसकाँडा–बाँझिलेक जोड्ने सडक निर्माण, छहरा झरना जाने सडक स्तरोन्नति, सेल्फी प्वाइन्ट लगाएतका पुर्वाधार एकीकृत रुपमा निर्माण गरिने बताइएको छ ।

उक्त आयोजनाको शिलान्यास गर्दै मन्त्री आलेले स्थानीय जनताले आफ्नो ठाउँ कस्तो बनाउने भनेर चासो र चिन्ता लिन आग्रह गर्दै बजेट व्यवस्था गर्ने जिम्मेवारी आफ्नो रहने प्रतिवद्धता बताए । छिटफुट रुपमा पर्यटकको रोजाइ र गन्तव्य बनेको भए पनि कोरोना कहरले थन्किएको र थलिएको समयमा गत वर्ष मात्रै छहरा झरनामा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक भित्रिएका थिए ।

धार्मिक तथा पर्यटकीय क्षेत्र छहरा झरना हेर्न विशेष गरेर कैलाली, कञ्चनपुर, सहित पुर्वी नेपालका जिल्लाहरु र छिमेकी मूलुक भारतबाट समेत पर्यटक आउने गरेका स्थानीयवासी शंकर रावलले जानकारी दिए ।

ालेको पहलमा डोटीको बडीकेदार, शैलेश्वरी लगाएत खप्तड–मानसरोबर सम्मको विकासका लागि र देशका थुप्रै महत्वपूर्ण पर्यटकीय क्षेत्रमा मन्त्री आलेको ठुलो योगदान रहेको पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए ।

आयोजना शिलान्यास कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादी डोटीका अध्यक्ष दीर्घराज बोगटी, जोरायल गाउपालिका–२ का वडाअध्यक्ष वीरबहादुर दर्लामी, विभिन्न सरोकारवालाहरु, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित : १२ असार २०७९, आईतवार १२:५०