पेट्रोलियम पदार्थको मूल्य घट्यो, अन्य वस्तु तथा सेवाको पनि मूल्य घट्नुपर्छ: मन्त्री बडू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अन्य वस्तु तथा सेवाको पनि मूल्य घट्नुपर्छ: मन्त्री बडू



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटेपछि अन्य वस्तु तथा सेवामा पनि मूल्य घट्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु तथा सेवाको मूल्य घट्यो कि घटेन भनेर यकिन गर्न सरकारले बजार अनुगमन गर्ने बताएका हुन्।

उनले ‘संसदको दुवै सदनमा माननीयज्यूहरुले व्यक्त गरेका विचार, प्रधानमन्त्रीज्यूको चासो र निर्देशन तथा सत्ता गठबन्धनका नेतृत्व समेतको छलफलको सुझावको आधारमा नेपाल सरकारले पेट्रोल र डिजेलमा विगतदेखि लगाइ आइरहेको करमा पुनः भारी कटौती गर्ने निर्णय गरेको छ ।

सोही आधारमा नेपाल आयल निगम सञ्चालक समितिले आजै देखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा १९९ बाट रु २० घटाई रु. १७९ र डिजेलमा प्रतिलिटर रु. १९२ बाट रु. २९ घटाई रु. १६३ मुल्य कायम गरेको छ ।

नेपाल सरकारले कर घटाउने गरी गरेको निर्णय र नेपाल आयल निगमले आजैदेखि लागू हुनेगरी मूल्य घटाउने निर्णय गरेपश्चात् सर्वसाधारण उपभोक्ता, विद्यार्थी वर्ग तथा आम नागरिकलाई मुल्यवृद्धिबाट परेको समस्यामा अवश्यपनि केही राहत मिल्ने विश्वास सरकारले लिएको बताए ।

प्रकाशित : १२ असार २०७९, आईतवार १७:२८