सुनको मुल्य तोलामा चार सय रुपैयाँ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा चार सय रुपैयाँ बढ्यो



काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, यता चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १३ असार २०७९, सोमबार ११:३५