साउदीमा विदेशीकालागि शेयर बजार खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साउदीमा विदेशीकालागि शेयर बजार खुल्ला



काठमाडौं । साउदी अरेवियाको शेयर बजारले सामबार पहिलो पटक विदेशी लगानकर्तालाई शेयर बजारा लगानी गर्नु अनुमति दिएो छ । यसबाट विश्वको सबैभन्दा ठूलो तेल निर्यातक मुलुकले आफुलाइृ विश्वको प्रमुख पुँजी बजारमा परिणत गर्ने प्रयासलाई अगाडि बढाएको छ । यससम्बन्धी सूचना आइतबार प्रकाशन भएको हो । शेयर बजारले सोमबारदेखि योग्यताप्राप्त विदेशी लगानीकर्ताले सूचीबद्ध शेयर कारोबार गर्न सक्ने पुष्टि गरेको छ । खाडीबाहिरका शेयर बजार, मध्यस्थकर्ता संस्था, कोष व्यवस्थापक तथा बिा कम्पनीसँग योग्यता भए उनीहरुले प्रत्यक्ष रुपमा लगानी गर्न सक्नेछन् ।

saudi

साउदी अरेयिबा पहिले विदेशी राजनीतिक तथा आर्थिक प्रभावसँग सावधान रहने गरेको र वर्तमान पाइलाले यस मुलुकको अर्थतन्त्रलाई व्यापक रुपमा उदारीकरणको पहिलो पाइला उपलब्ध गराउने क्याप्पिटल इकोनोमिक्स नामक अनुसन्धान समूहले उल्लेख गरेको छ । विविधिकरणको प्रयासबीच पनि तद्वुल अल–सेयर सूचंकाक खस्केको देखिएको छ । साउदी अरेबियाको सार्वजनिक आयको ९० प्रतिशत भाग तेलमा निर्भर रहेको आजको राजधानीले उल्लेख गरेको छ ।

प्रकाशित : १ असार २०७२, मंगलवार ०५:५२