मर्जर तथा प्राप्तिको प्रस्ताव राख्दै प्रभु इन्सुरेन्सले डाक्यो विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

मर्जर तथा प्राप्तिको प्रस्ताव राख्दै प्रभु इन्सुरेन्सले डाक्यो विशेष साधारण सभा



काठमाडौं । प्रभु इन्सुरेन्सले विशेष साधारण सभा डाकेको छ । सञ्चालक समितिको बैठकले असार २८ गते आफ्नै केन्द्रिय कार्यालय तिनकुने काठमाडौंमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको छ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सोको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार असार १९ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : १३ असार २०७९, सोमबार १४:४५