तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। मंगलबार एभरेष्ट इन्स्योरेन्स, समिट लघुवित्त वित्तीय संस्था र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मंगलबार एभरेष्ट इन्स्योरेन्सको ७ लाख १० हजार १६२.६४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

समिट लघुवित्त वित्तीय संस्थाको पनि ९ लाख ९७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५.२८५४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस्तै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको पनि २ लाख ९५ हजार ८१२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

तीन वटै कम्पनीको बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : १४ असार २०७९, मंगलवार १६:००