नेप्सेमा ४१.३९ अंकको बृद्धि, दुई कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा ४१.३९ अंकको बृद्धि, दुई कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको चौथो दिन आज (बुधबार) ४१.३९ अंकले बढेर एक हजार ९ सय ६२ दशमलब ७१ विन्दुमा रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि सुधार भएको छ । नेप्सेमा एक अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर १०१०.९० रुपैयाँ पुगेको छ भने सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९५८.८० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य एक प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावरको भएको छ । यसको आज ५ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १५ असार २०७९, बुधबार १६:३५