नबिल र नेपाल बङ्लादेश बैंकले पायो एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नबिल र नेपाल बङ्लादेश बैंकले पायो एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति



काठमाडौं । नेपाल बङ्लादेश बैंक र नबिल बैंक लिमिटेडले एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले एनबी बैंकलाई गाभ्नको लागि नबिल बैंकलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

राष्ट्र बैंकले अन्तिम स्वीकृत दिएपछि अब कम्पनी रजिस्ट्रारको स्वीकृति लिएर दुई बैंकले एकीकृत कारोबार गर्ने प्रक्रिया अगाडि बढाउने छन्।

नबिल बैंकले एनबी बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना हुनेछन् । दुई बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित : १५ असार २०७९, बुधबार १६:४९