राजस्व चुहावटको आरोपमा २५ जना विरुद्द मुद्धा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

राजस्व चुहावटको आरोपमा २५ जना विरुद्द मुद्धा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा २५ जना विरुद्द उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरु विरुद्द कुल ४४ करोड ३८ लाख ९३ हजार ४ सय ६ रुपैयाँ धरौटी मागेको छ ।

उक्त अभियोगमा वीरगञ्जको पशुपति रोड क्यारियर नेपाल प्रालि र सञ्चलकहरु महेन्द्र प्रसाद गुप्ता, राजेन्द्र प्रसाद गुप्ता र मधु कुमारी गुप्ता, न्यु मनकामना सप्लार्यसका प्रोप्राइटर रेखा जैसवाल र मुख्य कारोबारी राकेश प्रसाद जैसवाल, सुद्रानिया इम्पेक्सका प्रोप्राइटर भरत कुमार अग्रवाल, श्री आर एण्ड एस इन्टरनेशनलका संचालक अमित प्रधान, अरुण क्लोथ सपका प्रोप्राइटर चन्द्र बहादुर श्रेष्ठ, मुख्य कारोबारी भारतीय नागरिक टिंकु भनिने अभिषेक कुमार डालमिया रहेका छन् ।

त्यसैगरी, श्रीएनए इम्पेक्सका प्रोप्राइटर रिमा केडिया, एआर साडी कलेक्सनका प्रोप्राइटर सोहन शाह भारतीय नागरिक र मुख्य कारोबारी नन्दन कुमार भारतीय नागरिक, एजिलिटी मार्केटिङ्ग कम्पनीका सञ्चालक तीर्थराज पुरी र खुशी साडी कलेक्सनका प्रोप्राइटर किरण देवी साह विरुद्ध राजीव चुहावटको आरोप रहेको छ ।

साथै, एचडिएम इन्टरप्राइजेजका प्रोपराइटर सुरेश श्रेष्ठ, राजकुमार एण्ड सन्सका प्रोपराइटर राजकुमार अग्रवाल र मुख्य कारोबारी मिलाप सिंघल, न्यू उत्सव ट्रेड कन्सर्नका प्रोपराइटर लिला गौतम मुख्य कारोबारी ज्ञान प्रसाद चौलागाइ, फेसन व्वाइ सेन्टरका प्रोपराइटर दिनेश्वर कुमार वझा मुख्य कारोबारी भारतीय नागरिक टिंकु भनिने अभिषेक कुमार डालमिया र भारतिय नागरिक सुमित डालमिया र दामोदर रिमाल विरुद्ध राजस्व चुहावटको आरोपमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

उनीहरुले भन्सार नाका प्रयोग नगरी प्रज्ञापन पत्र समेत नभरि सामान आयात गरी बिभिन्‍न मालसामान खरिद र बिक्री नजनाई भन्सार, आयकर, मु।अ।कर र लाभांश कर लगायतका राजश्व नतिर्ने तथा अर्कैको नाममा ब्यबसाय सञ्चालन गरी तिर्नु पर्ने कर राजश्व नबुझाइ आफूले लाभ लिई नेपाल सरकारलाइ तिर्नु बुझाउनु पर्ने राजश्व नबुझाइ एक आपसको मिलेमतोमा राजश्व चुहावट गर्ने मनसाय राखी बदनियतपुर्ण कार्य गरेको पाइएको उल्लेख गरेको छ।

उनीहरुविरुद्ध २२ करोड १९ लाख ४६ हजार विगो माग गरिएको छ । साथै सो विगोको सजायको मागदाबी सहित ४४ करोड ३८ लाख ९३ हजार रुपैयाँ माग गरिएको विभागले जनाएको छ ।

प्रकाशित : १५ असार २०७९, बुधबार १७:१२