एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक



काठमाडौं । एन आई सी एशिया बैंकले असार १२ गते देखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । उक्त आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरि ल्याइएको छ ।

हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ता महानुभावहरुले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबल देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ता महानुभावहरुले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्नुहुनेछ ।

यसअघि बैंकको ५ वर्षसम्म कुल रु. ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहक महानुभावहरुको अत्यन्त उत्साहजनक सहभागिता रहि आएको छ ।

योजनाको विभिन्न अवयवहरुलाई निम्नअनुसार तालिकामा देखाइएको छ :

प्रकाशित : १६ असार २०७९, बिहीबार ११:४९