सुनचाँदीको मुल्यमा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा गिरावट



काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, यता आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १६ असार २०७९, बिहीबार ११:५९