नेप्सेसंगै कारोबार रकममा पनि बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेसंगै कारोबार रकममा पनि बृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पाचौ‌ दिन आज (बिहिबार) ७४.९३ अंकले बढेर दुई हजार ३७ दशमलब ६४ विन्दुमा रोकिएको हो । बुधबार पनि नेप्से ४१.३९ अंकले बढेर एक हजार ९ सय ६२ दशमलब ७१ विन्दुमा पुगेर बन्द भएको थियो । आज सेन्सेटिभ इण्डेक्स १२.६३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरु मध्ये १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये ६ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यसमा पनि नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत कम्पनी र न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आँधिखोला लघुवित्त वित्तीय संस्था, सिवाईसी लघुवित्त वित्तीय संस्था र सुर्योदय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ९.९९ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज ग्लोबल आईएमई बैंक डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ९ करोड ९५ लाख २० हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १६ असार २०७९, बिहीबार १५:३५