सहकारीमा मर्जरको लहरःस्वाभिमान साकोस र गैँडाकोट एक भए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारीमा मर्जरको लहरःस्वाभिमान साकोस र गैँडाकोट एक भए



नवलपरासी  २५ म‌सिर ।  गैँडाकोट १ मा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी संस्था र गैँडाकोट २ मा रहेको गैँडाकोट बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।

एकीकरण पश्चात् गैँडाकोट स्वाभिमान वचत तथा ऋण सहकारी संस्था लिमिटेड गैडाकोट २ कायम गरिएको छ । शनिबार एक भब्य कार्यक्रमको बीच एकीकरण घोषणा गरिएको हो ।

एकीकरण पश्चात् संस्थाको पुँजी ४५ करोड ३० लाख पुगेको छ भने शेयर पुँजी ५ करोड १५ लाख पुगेको छ । बचत तर्फ ३५ करोड ६१ लाख पुगेको छ भने ऋण लगानी ३९ करोड ७२ लाख पुगेको छ । गैँडाकोट साकोस २०५० सालमा स्थापाना भएको थियो । त्यस्तै स्वाभिमान साकोस २०५३ सालमा स्थापना भएका थियो । संस्थाको सदस्य ५ हजार ८ सय ८२ जना पुगेको छ ।

प्रकाशित : २५ मंसिर २०७३, शनिबार १६:२२