जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब १९ अर्ब , कुन कम्पनीको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब १९ अर्ब , कुन कम्पनीको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब १९ अर्ब ४७ करोड ८१ रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार १९ वटा जीवन बीमा कम्पनीले प्रथम बीमाशुल्कबाट २ अर्ब ५९ करोड ३७ लाख रूपैयाँ र नवीकरण शुल्कबाट ६ अर्ब ४८ करोड २३ लख रूपैयाँ गरी सो रकम संकलन गरेका हुन् ।

जेठ महिनामा कम्पनीहरूमा ९ लाख २१ हजार ८९४ वटा बीमालेख जारी भएका छन् । चालु आर्थिक बर्षको ११ महिनामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ३० अर्ब ६७ करोड ९० लाख २ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रोमा एलआइसी नेपालले १४ अर्ब ७९ करोड १० लाख रुपैयाँ, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ७ करोड २७ लाख रुपैयाँ, चौथोमा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ, पाँचौमा यूनियन लाइफ इन्स्योरेन्सले ६ अर्ब ९३ करोड ७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

त्यसैगरी जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूमध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले जेठ मसान्तसम्म १ अर्ब २८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

प्रकाशित : १७ असार २०७९, शुक्रबार १६:१८