प्रिमियर इन्स्योरेन्सको करिब ७ लाख कित्ता एफपीओ आउँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रिमियर इन्स्योरेन्सको करिब ७ लाख कित्ता एफपीओ आउँने



काठमाडौं, २५ मंसिर  । प्रिमियर ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता फर्दर पब्लिक अफर निष्काशन गर्ने भएको छ । शेयर निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा प्रिमियर इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।

कम्पनीले ५९ हजार ५ सय ६५ कित्ता निष्काशन गर्न लागेको हो । साधारण शेयरको प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँमा प्रिमियम थप गरी शेयर निष्काशन गर्ने कम्पनीले जानकारी दिएको छ । प्रिमियममा शेयर जारी गर्ने भनिएपनि प्रिमियम मूल्य भने तोकिएको छैन् ।

एफपीओ निष्काशनपश्चात कम्पनीमा संस्थापक तथा सर्वसाधारण तर्फको शेयर अनुपात ५१ः४९ कायम रहने छ ।पुगेको छ भने खर्च ५० प्रतिशतले बढेर १ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

प्रिमियर इन्स्योरेन्सले ३४ करोड ३६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कुल ३८ करोड ७९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

यस इन्स्योरेन्सको प्रति शेयर आम्दानी वार्षिक १९ दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानी अनुपात १ सय १६ दशमलव २२ गुणा, प्रति शेयर नेटवर्थ २ सय ४ दशमलव ७७ रुपैयाँ रहेको छ ।

प्रकाशित : २५ मंसिर २०७३, शनिबार १६:२८