एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा,यस्ता छन् अजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा,यस्ता छन् अजेन्डा



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १६ औं वार्षिक साधारण सभा डाकेको छ। बैंकले साउन ९ गते, सोमबार, बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश विरतण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रदेशस्तरिय बैंक बनाउन कार्यक्षेत्र विस्तार गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असार २८ गतेदेखि साउन ९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : १९ असार २०७९, आईतवार १२:०१