बरुण हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बरुण हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तय



काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीले हकप्रद निष्कासनका लागि आगामी साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।

यस अर्थ साउन १ गतेसम्म कायम सेयरधनीले मात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्। कम्पनीले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १स्१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

बरुण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट एन्ड बैंकिङ लिमिटेड रहेको छ।

प्रकाशित : १९ असार २०७९, आईतवार १२:५०