ओम डेभलपमेन्ट बैंकको शाखा मुस्ताङ्गको जोमसोममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओम डेभलपमेन्ट बैंकको शाखा मुस्ताङ्गको जोमसोममा



काठमाडौं,२५ मंसिर  । ओम डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ्गको जोमसोममा शाखा बिस्तार गरेको छ । २०७३ मंसिर २४ गते नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथी शिवनाथ पाण्डेले शाखाको उद्घाटन गरे ।

शाखाको उद्घाटन गर्दै कार्यकारी निर्देशक पाण्डेले बैंक तथा वित्तीय संस्थाको वर्तमान अवस्था र देशको मौद्रिक नीतिका बारेमा जानकारी दिए ।

बैंकका अध्यक्ष सुशिल कुमार गोशलीको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले मनास्लु विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि खोल्ने प्रक्रियमा रहेको शाखाहरु सहित ४२ वटा शाखा पुग्ने लगायत बैंकका बिभिन्न गतिविधीहरु जानकारी जानकारी दिएका थिए ।

शाखा उद्घाटनपछि बैंकको शाखा संख्या २६ पुगेको छ भने अन्य ६ वटा नयाँ शाखा खोल्नको लागि निर्माण कार्यहरु भईराखेको बैंकले जानकारी दिएको छ ।

प्रकाशित : २५ मंसिर २०७३, शनिबार २३:०५