सेयर बजारमा हरियाली: सात कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सेयर बजारमा हरियाली: सात कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो दिन आज (आइतबार) ५७.६१ अंकले बढेर दुई हजार ८६ दशमलब ३९ विन्दुमा रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स १०.१२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि सुधार भएको छ । नेप्सेमा दुई अर्ब ४८ करोड ४ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १७६ कम्पनीको शेयरमूल्य बढेको छ, १२ कम्पनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

यसमध्ये पनि आज ७ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा साल्ट ट्रडिङ कर्पोरेसन, हिमालयन पावर पार्टनर, अप्पर तामाकोशी हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत बढेको छ भने रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशत बढेको छ ।

नेप्सेका अनुसार आज बैंक अफ काठमाण्डूको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावरको भएको छ । यसको आज २२ करोड २८ लाख ६९ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १९ असार २०७९, आईतवार १५:२७