डेढ महिनाभित्र सहकारीमैत्री ऐन लागु हुन्छः मन्त्री थानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डेढ महिनाभित्र सहकारीमैत्री ऐन लागु हुन्छः मन्त्री थानी



पाल्पा २६ मंसिर । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले नेपालमा अब छिट्टै सहकारीमैत्री ऐन लागु हुने बताएका छन् । रामपुरमा अन्धकारमुक्ति ऋण तथा सहकारी संस्थाको १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री थानीले अबको डेढ महिनाभित्र सहकारीमैत्री ऐन लागु हुने बताए ।

सरकारले सहकारीलाई तीनखम्बे अर्थनीतिमा राखेको र बैंकले गर्ने काम गाउँगाउँमा सहकारीले गरेको उनको भनाइ थियो । गरिबी निवारणका लागि सहकारी सशक्त माध्यम बनेको भन्दै मन्त्री थानीले ग्रामीण भेगका जनताको जीवनस्तर माथि उठाउन सहकारीले ठूलो भूमिका खेलेको बताए ।

सहकारीले राष्ट्रको मेरुदण्डको रुपमा काम गरेको र सहकारीकै माध्यमबाट ६१ हजारले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । उनले सहकारीको मूल्य मान्यतालाई विचलित नबनाउने प्रतिबद्धता समेत जाहेर गरे ।

अन्धकार मुक्ति ऋण तथा सहकारी संस्थामा ४२ करोड ४७ लाख २३ हजार कुल पुँजी तथा रु एक करोड २४ लाख ३६ हजार बचत रहेको सो सहकारीका व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले जानकारी दिए । सहकारीमा करिब छ हजार महिला र दुई हजार बढी पुरुष सदस्य रहेका छन् ।

प्रकाशित : २६ मंसिर २०७३, आईतवार ०५:२६