ओरालो लाग्यो सुनको भाउ



काठमाडौं २६ मंसिर  । स्थानीय बजारमा सुनको भाउ आइतवार पनि ओरालो लागेको छ । सो दिन सुन तोलाको ४ सयले ओरालो लागेको हो । आइतवार सुन तोलाको ५२ हजार ६ सयमा किनबेच भएको छ ।

विवाहको सिजनमा सुनको भाउ ओरालो लागेपनि ग्राहकले भने चाहेअनुसार खरिद गर्न नपाएको व्यवसायीहरु बताउँछन् । बजारमा सुन अभाव भएकोले गर्दा माग अनुसार उपलब्ध गराउन नसकिएको नेपाल सुनचाादी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।

महासंघका अनुसार शुक्रवार सुन तोलाको ५३ हजार रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै बजारमा सुनसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ । शक्रवार तोलाको ७ सय ९० मा कारोवार भएको चाँदी आज प्रतितोला ७ सय ८५ मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाउजेको सातौ शोरुम चाबहिलमा

काठमाडौं । कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु

सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेबारी लघुवित्त संस्थाहरुलाई दिन लघुवित्त संघ नेपालले

एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मसिन नेपालमा

काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट

शेयर बजार फेरि उकालो यात्रामा

काठमाडाै । शेयर बजार फेरि उकालो लाग्न थालेको छ । नेपाल स्टक एक्सचेञ्जका