नेपाल इन्भेष्टमेन्टलाई सन् २०१६ को‘बैंक अफ द इयर’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्भेष्टमेन्टलाई सन् २०१६ को‘बैंक अफ द इयर’



काठमाडौं २६ मंसिर । सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबी)ले जितेको छ। बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्धारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो बर्षको सर्बोत्कृष्ठ नेपाली बैंक घोषणा गरेको हो।

बिहिबार बिहान लन्डनमा आयोजित समारोहमा बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले अवार्ड लिएका छन्।यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जितेको हो।

पत्रिकाले यो बर्ष १४९ मुलुकका बैंकलाई अवार्ड दिएको हो। हरेक देशका बाणिज्य बैंक मध्ये सर्वोत्कृष्ठ वित्तिय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकामा उल्लेख छ । ‘पत्रिकाले १७ बर्ष देखि यस्तो अवार्ड वितरण गर्दै आएको हो।

प्रकाशित : २६ मंसिर २०७३, आईतवार ०१:४०