श्रीलंकाका राष्ट्रपतिको कार्यभार सभामुख अभयवर्द्धनाले सम्हाल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

श्रीलंकाका राष्ट्रपतिको कार्यभार सभामुख अभयवर्द्धनाले सम्हाल्ने



काठमाडौं । श्रीलंका सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति हुने भएका छन् । आन्दोलनका कारण बहालवाला राष्ट्रपतिले निवास छोडेर भागेपछि सभामुखले तत्कालिन राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पार्टीका नेताहरुको अनुरोध र श्रीलंकाका जनताको सुरक्षाका लागि राष्ट्रपति पद सम्हाल्न लागेको सभामुख अभयरवर्द्धनाले बीबीसीसँग बताए । साथै श्रीलंकाको संविधान अनुसार उनले अब केही दिनसम्म राष्ट्रपति पद सम्हाल्ने बीबीसीले जनाएको छ ।

अहिले श्रीलंका असाध्यै ठुलो आर्थिक संकटबाट गुज्रिरहको छ । विगतमा राष्ट्रको नेतृत्व गर्दै आएका राजपाक्षे परिवारले गरेको चरम भ्रष्टाचारका कारण नै श्रीलंका सो स्थितिमा पुगेको विश्लषण गरिएको छ । आन्दोलन चर्किएपछि श्रीलंकाका राष्ट्रपतिले निवास छाडेका थिए । शनिबार मात्रै आन्दोलनकारीले राष्ट्रपतिको निवास नियन्त्रणमा लिएका थिए । आन्दोलनकारीहरुले प्रधानमन्त्री रनिल विक्रमसिंघेको घरमा पनि आगजनी गरेका छन् । (एजेन्सी)

प्रकाशित : २६ असार २०७९, आईतवार ११:४३