लगानीका गर्न तयार रहनुस् ः सिनर्जीको २१ करोडको आइपीओ अाउदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लगानीका गर्न तयार रहनुस् ः सिनर्जीको २१ करोडको आइपीओ अाउदै छ



काठमाडौं २६ मंसिर । तपाईसग पैसा छ ? लगानी गर्ने अवसर नपाएर भाैतारिनु त भएको छैन नि ? तयार रहनुहोस लगानीको अवस अाउदै छ  । नेपाल धितोपत्र बोर्डले सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडलाई २१ करोड मूल्यको २१ लाख कित्ता सेयरको आइपीओ गर्ने अन्तिम स्वीकृति प्रदान गरेको छ ।  बोर्डले सिनर्जीलाई मंसिर २३ गते अन्तिम स्वीकृति दिएको हो । सिनर्जीको आइपीओ निश्कासन तथा व्यवस्थापनमा सानिमा क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ ।

सिनर्जी पावरले दोलखामा १० मेगावाट क्षमताको सिप्रिङ खोला हाइडो प्रोजेक्ट निर्माण गरिरहेको छ । यो कम्पनीले यसअघि दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ७ करोड मूल्यको ७ लाख कित्ता आइपीओ गरेको थियो ।

प्रकाशित : २६ मंसिर २०७३, आईतवार ०९:५७