रविभवन र सूर्यविनायकमा पनि टाटाको शोरुम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रविभवन र सूर्यविनायकमा पनि टाटाको शोरुम



काठमाडौं, २६  मंसिर । नेपालको सर्वाधिक लोकप्रिय गाडी मध्येको एक टाटाको सुविधा सम्पन्न २ वटा शोरुमहरु सञ्चालनमा आएका छन् ।

शनिवार विशेष समारोहका बीच शशीला मोटर्स प्रा.लि. (रविभवन, काठमाडौं) र सूर्यविनायक, भक्तपुरको संयुक्त रुपमा उद्घाटन गरिएको हो । टाटा मोटर्स्का दक्षिण एशिया क्षेत्रीय निर्देशक सतिस मच्छेराजु र सिप्रदी ट्रेडिङ्गका निर्देशक सौर्य राणाले संयुक्त रुपमा शोरुम उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका अर्का निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी ट्रेडिङ्गका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी र टाटा मोटर्सका, नेपाल भुटान कन्ट्री म्यानेजर बोध प्रकाश मुखिया लगायतका व्यक्तित्वको पनि उपस्थिति थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले उत्कृष्ट माइलेज, उत्कृष्ट वारेन्टी, देशकै सबै भन्दा ठूलो विक्री, सर्भिस र स्पेयर्स पार्टसको संजाल, न्युनतम मर्मत खर्च र उच्च पुर्नविक्री मूल्य टाटाको पञ्चतत्वभएको बताए । तसर्थ यसले नै टाटालाई देशकै उत्कृष्ट ब्राण्डको रुपमा स्थापित गरेको उनको भनाइ थियो ।

त्यसैगरी टाटा मोटर्स्का दक्षिण एशिया क्षेत्रीय निर्देशक सतिस मच्छेराजुले टाटाको विक्री र विक्री पश्चातको गुणस्तरीय सेवाले नै टाटालाई दक्षिण एसियामै सशक्त र अग्रणी स्थान ओगट्न सफल बनाएको कुरा बताए ।

प्रकाशित : २६ मंसिर २०७३, आईतवार १२:२०