हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौतापत्रमा हस्ताक्षर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सहमति भएको छ । बुधबार हिमालयन बैंकले सिभिल बैंकले प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने गरी गत शुक्रबार प्रारम्भिक सम्झौता गर्ने तय गरेको भएपनि अन्तिम समयमा विवाद हुँदा स्थगित गरेको थियो । तर, लगातारको छलफलपछि सिभिल र हिमालयन बैंकले मर्जरमा सहमित जुटाएर आज सम्झौता गरेका छन् ।

सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले ८१ प्रतिशत स्वाप रेसियोमा सिभिल बैंकलाई प्र्राप्ति गर्न लागेको हो । मर्जरपछि बैंकको नाम हिमालयन नै रहने र सञ्चालक समितिमा पनि अहिलेको हिमालयन बैंकको नै रहनेछ ।

सीईओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोख्रेल रहने सहमति भएको जनाएको छ । कर्मचारीहरु बराबरी समायोजन गर्ने सहमति भएकाे छ । हाल हिमालयन बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार ७२५ रुपैयाँ छ भने सिभिल बैंकको ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपैयाँ रहेको छ ।

प्रकाशित : २९ असार २०७९, बुधबार १७:०२