बन्द उद्योगलाई आधुनिककरण गर्न नसक्दा आर्थिक संकटःउद्योग मन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बन्द उद्योगलाई आधुनिककरण गर्न नसक्दा आर्थिक संकटःउद्योग मन्त्री



हेटौँडा, २६  मंसिर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक समृवृद्धिका लागि निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापनाका लागि सहुलियत दिन सरकार कटिवद्ध रहेको बताएका छन् ।

आईतबार आयोजित हेटौँडा सिमेन्ट उद्योगको ३१ औं वार्षिकोत्सव समारोहमा उनले सरकारको स्वामित्वमा रहेका बन्द उद्योगलाई आधुनिककरण गर्न नसक्दा आर्थिक संकट व्यर्होनु परेको हो बताए ।

मन्त्री जोशीले बन्द उद्योगलाई सरकारले विभिन्न निकाय मार्फत् सञ्चालन गर्ने प्रक्रिया सुरु गरिसकेको र ती उद्योगलाई क्रमश आत्मनिर्भरतर्फ उन्मुख बनाई युवालाई रोजगारको अवसर दिलाउन सरकार प्रतिवद्धका साथ लागिपरेको छ भने ।

उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले यस उद्योगको दैनिक ७ सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि हाल प्राविधिक कठिनाइका कारण दैनिक ४५० मेट्रिकटन मात्र गुणस्तरीय सिमेन्ट उत्पादन गरी उपभोक्ताकोबीच पुर्याउँदै आएको र आगामी दिनमा उत्पादन क्षमता वृद्धि गर्न उद्योगले गृहकार्य सुरु गरिसकेको बताए ।

प्रकाशित : २६ मंसिर २०७३, आईतवार १२:३७