१५ करोडको लागतमा नयाँ ग्यास उद्योग सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१५ करोडको लागतमा नयाँ ग्यास उद्योग सञ्चालन



काठमाडौं २६ मंसिर । करिब १५ करोडको लागतमा झापामा  नयाँ ग्यास उद्योग सञ्चालनमा आएको छ । ऊर्जा सङ्कट भइरहेका बेला झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा अत्याधुनिक र सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग सञ्चालनमा आएको हो ।

 

नेपाल सरकारले ग्यासबाट चल्ने गाडी आयात गरे पनि ‘हाइ–वे’मा ग्यासको स्टेन्ड राखेर ग्यास उपलब्ध गराउन सक्ने गरी ग्यास उद्योग सञ्चालनमा ल्याइएको उद्योगका प्रबन्ध निर्देशक लय भण्डारीले आयोजित पत्रकार सम्मेलनमा बताए । ५०० टन क्षमताको लक्ष्य राखेर उद्योग सञ्चालनमा ल्याइएको र आजमात्रै तीन हजार ५०० सिलिन्डर बजारमा पठाइसकेको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । झापाका ऊर्जाशील व्यवसायीसँग सहकार्य गर्दै दुई बिगाहा क्षेत्रफलमा उद्योग सञ्चालनमा रहेको र उद्योगमा २५ जनाले प्रत्यक्ष रोजगार पाएको पत्रकार सम्मेलनमा बताइएको छ ।

 

अत्याधुनिक प्लान्ट निर्माण गरेर ग्यास उत्पादन सुरु गरिएको बताइएको छ । ५० हजार सिलिन्डर एकसाथ बजारमा पठाइने र ग्यासको अभाव हुँदा पनि मेची अञ्चलवासीलाई सहजरुपमा ग्यास उपलब्ध गराउने प्रतिबद्धतासहित हामीले ग्यास उद्योग सञ्चालनमा ल्याएका हौँ – उद्योगका प्रबन्ध निर्देशक भण्डारीले बताए ।

प्रकाशित : २६ मंसिर २०७३, आईतवार १२:४४