सगरमाथा र लुम्बिनी जनरल ईन्स्योरेन्सबीच मर्जर सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सगरमाथा र लुम्बिनी जनरल ईन्स्योरेन्सबीच मर्जर सम्झौता



काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ । बिहीबार दुई कम्पनीले एक आपसमा मर्जरमा जाने सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट सञ्चालक समितिका सदस्य लोकमान गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

हाल सगरमाथाको चुक्ता पूँजी १ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ३१ करोड २७ लाख रुपैयाँ रहेको छ ।

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स बीचमा स्वाप रेसियो १००ः८०को अनुपातमा मर्जरमा जाने सहमति भएको जनाईएको छ । दुबै कम्पनी मर्जरमा जाने सहमति गरेपश्चात नेप्सेले दोस्रो बजारको कारोबार समेत रोक्का गरेको छ ।

प्रकाशित : ३० असार २०७९, बिहीबार ११:४८