नेप्सेमा दुई लघुवित्तको बोनस शेयर सूचिकृत, कुनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेप्सेमा दुई लघुवित्तको बोनस शेयर सूचिकृत, कुनकाे कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार मिथिला लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४.३५७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गरको थियो ।

यसैगरी, आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२.६१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९.६२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

दुबै लघुवित्तको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : ३० असार २०७९, बिहीबार १७:०९