के एल दुगड समुहकोे ज्ञान मखाना बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

के एल दुगड समुहकोे ज्ञान मखाना बजारमा



काठमाडौं । के. एल. दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । दुगड समुहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।


खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरी उपभोगको लागि योग्य रहेको ठहराएका छन् । लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको जना्एको छ ।


उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिन्छ । मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान सकिन्छ । यो खीर सहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ ।
ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २०० ग्राम प्याकमा उपलब्ध छ ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार १०:४०